May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

शेयर बजारमा पहिरो जाने क्रम जारी , नेप्से २२ सय ८२ विन्दुमा झर्‍याे

nepse-index-down
बिज संजाल संवाददाता
२०७८ मंसिर २७

शेयर बजार आज साेमवार पनि दोहोरो अंक ले घटेको छ । हिजो आइतवार ८८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज ७९ दशमलव २३ अङ्कले घटेर दुई हजार दुई सय ८२ विन्दुमा झरेको छ ।आज दुई सय ३३ वटा कम्पनीको शेयर कारोबार भएकोमा १३ वटा बाहेक सबैको शेयर ओरालो लागेको छ । आज ९६ लाख ७९ हजार कित्ता शेयर तीन अर्ब ९९ करोड ५६ लाख रुपैयाँमा कारोबार भएका छन् ।

आज स्वाभिमान लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । यस्तै दिव्यश्वरी हाइड्रो, नेशनल हाइड्रोपावर, गुडविल फाइनान्स, आँखुखोला जलविद्युत्, तेह्रथुम पावर कम्पनी, मल्टिपर्पोज फाइनान्स र आईसीएफसी फाइनान्सको शेयर नौ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ ।

समग्र बजार राताम्मे हुँदा पनि आज गोर्खाज फाइनान्सको शेयर साढे नौ प्रतिशतले बढेको छ ।