May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

शेयर लगानीकर्तालाई संयमित भएर लगानी गर्न कार्यदलको सुझाब

बिज संजाल संवाददाता
२०७८ मंसिर २७

शेयर बजार लगानीकर्ताका संघहरुको छाता समूह ‘पुँजी बजार सृदृढिकरण बृहत कार्यदल’ ले अत्यावश्यक नपरी शेयर बिक्री नगर्न सबै लगानीकर्ताहरुमा आग्रह गरेको छ । छोटो समयमा नै १२ खर्ब सम्पत्ति गुमिसकेको भन्दै सोमबार कार्यदलका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले प्रेस विज्ञप्ति निकालेर यस्तो आग्रह गरेका हुन् ।

अर्थमन्त्रालयले तीन वर्ष अघि नै गर्छु भनेका कामहरु समेत नगरेको भन्दै ती सबै कामहरु यथाशिघ्र पुरा गर्न अनुरोध समेत गरिएको छ । तीन वर्ष अघि बजार सुधारका लागि भन्दै सरकारले अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा पुँजी बजार अध्ययन कार्यदल गठन गरेको थियो । कार्यदलले ५८ बुँदे सुझाव दिए पनि अधिकांश सुझावहरु अझै कार्यान्वयन नभएको लगानीकर्ताहरुको भनाइ छ ।