May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सेयर बजारका साना लगानीकर्ताको हितप्रति प्रतिबद्ध छौँ – प्रचण्ड

बिज संजाल संवाददाता
२०७८ मंसिर २७

पुँजीबजारप्रति पछिल्लो अभिव्यक्तिका कारण प्रचण्डले आलोचना खेपेका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको प्रतिक्रिया दिएका छन्।

शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा अध्यक्ष प्रचण्डले पुँजीको लगानी पुँजीमै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पुँजीवादको विस्तारले समग्रमा जनताको हित नगर्ने बताएका छन्। सेयर बजारविरोधी वक्तव्य आएको भन्दै प्रश्न उठेपछि उनले आफूले सैद्धान्तिक रुपमा राखेको विषयमा उत्तिकै प्रतिबद्ध रहेको र त्यो एकदमै सही भएको पनि दोहोर्याएका छन्।