May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सेयर बजारमा झण्डै ९० अंकको पहिरो गयो हेर्नुहोस कुन कुन कम्पनी राताम्मे

nepse-index-down
बिज संजाल संवाददाता
२०७८ मंसिर २६

साताको पहिलो दिन आइतबार सेयर बजारमा भारी अंकले घटेको छ । बजारको परिसूचक नेप्से ८८.७० अंकले घटेर २३६१ अंकमा झरेको छ । यो अंक करिब ११ महिनायताकै न्यून हो । भदौ २ गते नेप्सेले हालसम्मै उच्च अंक ३१९८ रेकर्ड बनाएपछि ओरालो यात्रामा छ ।
कारोबार रकममा आइतबार सामान्य बढेको छ । ३ अर्ब १९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

यसअघि गत बिहीबार २ अर्ब ६७ करोडको कारोबार भएको थियो । तरलता संकट चुलिँदै जाँदा सेयरमा खरिद पक्ष झनै कमजोर बनेको छ । बजारमा पेनिक सेल बढेको छ ।
सबै उपसमूह राताम्मे भएका छन् । बैंकिङ ४४, ब्यापार १८९, होटल तथा पर्यटन ८७, विकास बैंक २८१, जलविद्युत १२४, फाइनान्स १००, निर्जीवन बीमा ४९०, उत्पादन १८६, अन्य ६३, माइक्रोफाइनान्स १७५, जीवन बीमा ५०७ र लगानी उपसमूह ३ अंकले घटे ।

आइतबार १८४ कम्पनीको सेयर मूल्य घट्यो भने जम्मा ५ कम्पनीको मात्रै बढ्यो । युनिलिभर नेपालको मूल्य सबैभन्दा धेरै २ प्रतिशत बढ्यो । मूल्य बढेका अरू ४ कम्पनीमा स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र सपोर्ट माइक्रोफाइनान्स छन् । नयाँ सारथी लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घट्यो ।