May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नागरिक स्टक डिलरलको १ अर्ब ५० करोडको आइपीओ आउने पक्का ,हेर्नुहोस कहिलेबाट

बिज संजाल संवाददाता
२०७८ मंसिर २६

नागरिक स्टक डिलर कम्पनीले पुस २३ गते आइपीओ निष्कासन को बारेमा छलफल गर्न साधारण सभा बोलाएको छ ।
सभामा कम्पनीले १ अर्ब ५० करोड रुपैयाँ बराबरको १ करोड ५० लाख कित्ता आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्दैछ । आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन र सोही अवधि सम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावमा छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभा नागरिक लगानी कोष भवन, नयाँ बानेश्वर काठमाडौंमा दिउँसो ३.३० बजे सुरु हुनेछ