May 24, 2024, Friday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

मिथिला लघुवित्तले गर्यो लाभांश दिने घोषणा

बिज संजाल संवाददाता
२०७८ मंसिर २६

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षकाे मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत बाेनस शेयर तथा सोको कर प्रयोजनको लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो। मंसिर २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी १३ करोड ६३ लाख ४९ हजार ७४३ रुपैयाँ रहेको छ। २५ प्रतिशत बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी १७ करोड ४ लाख ३७ हजार १७८ रुपैयाँ ७५ पैसा पुग्नेछ।