May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

सिभिल बैंकको ऋणपत्र बिक्री खुला ,हेर्नुहोस कहिले सम्मको लागि

बिज संजाल संवाददाता
२०७८ मंसिर २४

आज मंसिर सिभिल बैंकले २४ गते शुक्रबारदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ३० लाख इकाई ऋणपत्र जारी गरेको हो । यसमध्ये ६० हजार इकाई म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । ११ लाख ४० हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने बाँकी १८ लाख इकाई प्राइभेट प्लेसमेन्टमार्फत बिक्री गर्ने बैंकले जनाएको छ । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ ।

सिभिलले १० वर्ष अवधिको ‘सिभिल बैंक डिबेन्चर २०८८’ जारी गरेको हो । यसमा न्यूनतम २५ इकाईदेखि अधिकतम सबै इकाईका लागि आवेदन दिन सकिनेछ । मंसिर २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त अवधिमा सबै इकाई बिक्री नभएमा भने पुस ९ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केटले गरेको छ ।