May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

शेयर बजारमा पहिरो जाने क्रम जारी कारोबार रकम पनि घट्दै,हेर्नुहोस के बजार अजै घट्छ त

nepse-index-down
बिज संजाल संवाददाता
२०७८ मंसिर २३

शेयर बजारहिजो बुधबार पनि दोहोरो अंकले घटेको छ । बजार मापक सूचक नेप्से ५३ अंक भन्दा धेरैले घटेर समग्र बजार २४५५ विन्दुमा आएको छ ।

नेप्सेसँगै कारोबार रकम पनि कम हुदै गएको छ ।हिजो २२६ कम्पनीहरुको २ अर्व ६६ करोड हाराहारीको शेयर खरिद विक्री भएको छ । कारोबार भएका मध्य ७ कम्पनीबाहेक अन्य सबै कम्पनीहरुको शेयर मूल्यमा ठुलो गिरावट आएको छ ।

विश्लेषकहरुको अनुसार बजार के हुन्छ भन्न नसकिने जनाउछन्। अबको बजार पर्ख र हेर को रुपमा रहेको उनीहरुको भनाइ छ।