May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

पहिले विवादमा तानिएको सर्वोत्तम सिमेन्टको आईपीओ निष्काशन गरिने मिति तय हेर्नुहोस कहिले

बिज संजाल संवाददाता
२०७८ मंसिर २१

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिमार्फत सेयर ल्याउने भनेर पहिले बाट जानकारी गरिरहेको थियो । सर्वोत्तमले ल्याउन खोजेको बुक बिल्डिङमा आईपीओ निष्कासन विवादमा परेपछि बजारमा पाइपलाइनमा रहेका अन्य कम्पनी पनि हच्किएका छन् । बुक बिल्डिङबाट सेयर जारी गर्न नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) मा आवेदन दिएको सो बाट स्वीकृत पाउनासाथ धितो पत्र बोर्ड जाने तयारी भएको कम्पनी ले जनाएको छ ।

कम्पनी लेदिएको जानकारी अनुसार पुसभित्रै सेयर सर्वसाधारणमा आउनेछ । विवाद मा नपरेको भए आहिलेसम्म सबै काम सकिने पनि कम्पनी ले जनाएको छ।

नेपालमै पहिलो पटक प्रयोगमा ल्याउन खोजिएको बुक बिल्डिङ विधिमै धक्का लागेको छ । बजारमा निजी क्षेत्रका धेरै कम्पनीहरूले बुक बिल्डिङमा सेयर ल्याउन रुचि देखाएका थिए । सर्वोत्तम सिमेन्ट अघि बढिसकेको थियो भने अर्घाखाँची सिमेन्ट, डिस होम, अम्बे सिमेन्ट, आइएमईगायतले बुक बिल्डिङबाट आइपिओ निष्कासन गर्ने प्रस्ताव गरेका थिए । रिलायन्स स्पिनिङ मिललगायतका कम्पनीले बुक बिल्डिङमार्फत आइपिओ ल्याउन अनौपचारिक रूपमा तयारी गरिरहेका थिए ।

त्यस्तै दोस्रो फेजमा आइएमई रिलायवल लाइफ, सिटिजन्स लाइफ र अन्य जलविद्युत कम्पनीले पनि बुक बिल्डिङमा ल्याउने बताएका थिए । सर्वोत्तमले भने धितो पत्र निष्कासनका लागि बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिसकेको थियो । सर्वोत्तमले ६० लाख कित्ता आइपिओ जारी गर्ने प्रस्तावसमेत पारित गरिसकेको थियो ।

सरकारी निकायबाट अनुमति माग्न धितो पत्र बोर्डमा जाने तयारी गरिरहेका बेला धितो पत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले कम्पनीको सेयर किनेको कुरा बाहिरिएपछि कम्पनीले औपचारिक रूपमा अनुमति नमाग्दै विवादमा आएको थियो ।

। सर्वोत्तमले सेयर नेपाल धितो पत्र बोर्डका अध्यक्ष र सञ्चालकलाई तथा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र नेपाल स्टक एक्सचेन्ज ( नेप्से ) का सीईओ र बजारका केही ठुला लगानीकर्तालाई सेयर अग्रिमरुप दिएको थियो ।बुक बिल्डिङ विधिबाट आइपिओ निष्कासन गर्ने प्रक्रिया थप अघि बढाएको छैन ।