May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हिजो नेप्से ७२ अंकको गिरावटपछि बजार बन्द हुने बेलामा एक्कासी माथि कसरी र किन आयो हेर्नुहोस अब के नेप्से माथि जाला त

बिज संजाल संवाददाता
२०७८ मंसिर २१

भदौमा हेर्दा ३२ सयमा पुगेको सेयरबजार राष्ट्र बैंकको निर्देशन र बजारमा तरलता अभावका कारण अहिले २५ सय १३ अंकमा आइपुगेको छ । महामारी केहि नियन्त्रणमा आएपछि आर्थिक गतिबिधी बढेका छन् । जसका कारण बैंकमा अहिले कर्जाको माग उच्च छ । कर्जा प्रदान गरेबमोजिम निक्षेप संकलन नहुँदा बैंकहरुमा तरलता अभाव भएको हो । यो सँगै राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप अनुपात हटाएर बैंकहरुले कर्जा निक्षेप अनुपात अर्थात सिडि रेसियो लागू गरेसँगैपनि बजारमा लगानीयोग्य रकमको अभाव भएको हो ।

आइतबार सेयरबजारमा सबैपरिसुचक घटेका छन् । जसमा जिवन बिमाको परिसुचक सबैभन्दा बढि अर्थात ३ सय ७२ अंकले घटेको थियो । त्यस्तै क बर्गका कम्पनीको मापन गर्ने सेन्सेटिभ इण्डेक्स १४ दशमलव एक सात अंकले घटेको थियो । बजारमा २ सय २६ कम्पनीको ८९ लाख २० हजार कित्ता किनबेच हुँदा ४ अर्ब ९ करोडको कारोबार भएको थियो ।
सोमबार पनि कारोबार खुला भएसँगै लगातार घट्ने क्रम शुरु भयो । कारोबार शुरु भएको एक घण्टामै ७२ अंकले बजार घटेपछि लगानीकर्ताहरु तनाबमा भए। ।

तर आन्तिम समएमा आएर बजार सुधार देखियो । १२ बजेर ४ मिनेटपछि बजार सम्हालिने क्रम शुरु भयो । घटेको अंंक कम हुँदाहुँदै ३२ अंकको वृद्धिपछि बजार बन्द भएको छ ।

लगानीकर्ताले अब बजारबाट ठूलो मात्रामा रकम कमाउन भने नसक्ने देखिन्छ । बिज्ञहरु तत्काल भने पर्ख र हेर को अबस्थामा बजार रहेकोले किनिहल्नु नहुने बताउछन्। केहि समय बजार को चलखेल हेर्नुपर्ने सुझाब उनीहरुको छ।