May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नेपालमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

बिज संजाल संवाददाता
२०७८ मंसिर २०

नेपालमा कोरोनाको ओमिक्रोन भेरिएन्टका संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।आज सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुईजनामा भाइरसको नयाँ भेरिएन्ट पुष्टि भएको जानकारी दिएको हो।

ओमिक्रोन संक्रमित भएको मुलुकबाट मंसिर ३ गते नेपाल आएका एक ६६ वर्षीय विदेशी र उनको सम्पर्कमा आएका अर्का एकजना ७१ वर्षीय व्यक्तिमा भेरिएन्ट संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरिएन्ट अहिलेसम्म छिमेकी भारत सहित ५० हाराहारी देशहरूमा फैलिइसकेको छ।