May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

भर्ने जति सबैले कम्तिमा १० कित्ताको दरले पाउने गरि आइपीओ आउदै ,हेर्नुहोस कुन कम्पनी र कहिले

बिज संजाल संवाददाता
२०७८ मंसिर २०

हिमालयन रि-इन्स्योरेन्स कम्पनीले ३ अर्बको आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको शुक्रबार सम्पन्न प्रथम वार्षिक साधारण सभाले आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो ।१० अर्ब रूपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ३ अर्ब रूपैयाँ बराबरको ३ करोड कित्ता आईपीओ गर्नेछ सभाले आइपीओ निष्काशन गर्ने प्रस्तावका साथै सञ्चालकहरुको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने प्रस्ताव समेत अनुमोदन गरेको छ ।

सञ्चालक समितिबाट निर्णय गरेपछि अन्य प्रक्रिया पुरा गरेर धितोपत्र बोर्डबाट अनुमति लिएर आईपीओ निष्कासन गर्न केही समय लाग्नेछ । तीन करोड कित्ता आईपीओ भएकाले करिव ३० लाखले १० कित्ताका दरले आईपीओ पाउनेछन् ।

लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरेको थियो । नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ ।