May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेपाल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन,हेर्नुहोस कति

बिज संजाल संवाददाता
२०७८ मंसिर २०

नेपाल बैंक लिमिटेडले प्रस्ताव गरेको १७ प्रतिशत लाभांश सुरक्षित गर्ने आज सोमवार अन्तिम दिन रहेको छ ।कम्पनीले सधारण सभा तथा लाभांश प्रयोजनका लागि मंगलवार (मंसिर २१ गते) बुक क्लोज गर्ने भएसँगै आज सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश पाउने पनि कम्पनी ले जनाएको छ ।

बैंकको कात्तिक ७ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ सम्मको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेत ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल बैंकको चुक्तापूँजी रू. १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार रहेको छ । बोनस पश्चात यो पूँजी रू. १४ अर्ब ४० करोड ५९ लाख ४ हजार पुग्नेछ ।

प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस २ गते ६२औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको प्रधान कार्यालय धर्मपथ, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरिएको छ ।