May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

७२ अङ्कले घट्यो शेयर बजार हेर्नुहोस कुन कुन कम्पनी कति कारोबार भयो

nepse-index-down
बिज संजाल संवाददाता
२०७८ मंसिर १९

हप्ताको आज पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ७२ दशमलव ३० अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ८८ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेकोमा विकास बैंक, बीमा, व्यापार, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २६ कम्पनीका ८९ लाख २० हजार कित्ता शेयर चार अर्ब नौ करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको २८ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भयो । आज दुई सय २६ कम्पनीमध्ये दुई सय १४ वटा कम्पनीको शेयर घटेको छ । आईसीएफसी फाइनान्स र सबैको लघुवित्त कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।