May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हाइड्राेपावरहरुले गरे लाभांश घोषणा हेर्नुहोस कुनको कति कति र कहिले

बिज संजाल संवाददाता
२०७८ मंसिर १९

हालसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएका विभिन्न ९ वटा हाइड्राेपावर कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ काे मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई प्रदान गरिने लाभांशकाे घाेषणा गरेका छन् ।लाभांश घाेषणा गर्ने ९ वटा हाइड्राेपावरमध्ये सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २१.०५ प्रतिशत लाभांश घाेषणा गरेकाे छ भने थाेरैमा ४ वटा हाइड्राेपावरले बराबरी १०.५२६ प्रतिशत वितरण गर्ने घाेषणा गरेका छन् ।

ङादी ग्रुप पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ११ करोड ७८ लाख २२ हजार बराबरको बोनस सेयर र कर प्रयोजनको लागि १.०५ प्रतिशतले हुन आउने ६२ लाख एक हजार एक सय ६१ रुपैयाँ ५ पैसा नगद लाभांश गरि कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी कम्पनीले हकप्रद सेयर पनि प्रस्ताव गरेको छ ।

अरुण काबेली पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट १७ प्रतिशत बोनस सेयर र ०. ८९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश भदौ २६ गते सम्पन्न भएकाे कम्पनीको ११औं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । सभाले बोनस सेयर वितरणपछि कायम चुक्तापूँजीको १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १५ गते बुकक्लाेज गरेकाे थियाे । त्यसैले भदौ १३ गतेसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

रिडी हाइड्राेपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको असोज १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको करसहित १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कार्तिक १२ गते सम्पन्न भएकाे कम्पनीकाे बीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक २ गते, मंगलबार बुकक्लाेज गरेकाे थियाे। त्यसैले, कार्तिक १ गते, साेमबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको १२.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे छ । उक्त प्रस्तावित लाभांश कार्तिक १७ गते, बुधबार सम्पन्न भएकाे कम्पनीको अठारौं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले अठारौं वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कार्तिक ४ गते बिहीबार एक दिन बुकक्लाेज गरेकाे थियाे । त्यसैले, कार्तिक ३ गते, बुधबारसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा काराेबार भई कायम भएका शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् । साथै, अनलाइन क्यासिनोहरू प्रमुख उद्योगको रूपमा अधिक र अधिक लोकप्रियता प्राप्त गर्दैछन्। नेताहरू मध्ये एक हो: https://slotogate.com/es/table-games/video-poker/

अपि पावर कम्पनी लिमिटेडले २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १०.५० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनको लागि ०.५५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरि कुल ११.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश भाद्र २५ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे अठारौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । सभाले बोनस सेयर वितरणपश्चात् कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव पनि पारित गरिएकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि भदाै १८ गते, शुक्रबारदेखि बुकक्लाेज गरेकाे थियाे । त्यसैले भदाै १७ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम शेयरधनीहरूले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

रुरु जलविद्युत परियोजना लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश असोज १६ गते हात्तीसारस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सम्पन्न भएकाे कम्पनीकाे वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि असोज ७ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे । त्यसैले असाेज ६ गते, बुधबारसम्म नेप्सेमा काराेबार भएर कायम सेयरधनीहरुले मात्र यो लाभांश प्राप्त गर्न सक्नेछन् ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको भदाै ३१ गते, बिहीबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६ प्रतिशत नगर गरी कूल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ । कम्पनीले बाेनस सेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पुँजीकाे १:०.५० अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने घाेषणा पनि गरेकाे छ । उक्त प्रस्तावित लाभांश असाेज २४ गते, आइतबार सम्पन्न भएकाे कम्पनीकाे चाैबिसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गरेकाे थियाे । त्यसैले, असोज १० गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सिनर्जी पावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कम्पनीकाे २०७८ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । कम्पनीले बोनस वितरण गरेपश्चात कायम हुने पुँजीको २:१ को अनुपातमा हुन आउने हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेको थियाे । उक्त प्रस्तावित लाभांश भदाै १८ गते, शुक्रबार सम्पन्न भएकाे कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि भदौ ४ गतेदेखि गतेदेखि भदौ १८ गतेसम्म बुकक्लोज गरेको थियाे । त्यसैले, भदौ ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र याे लाभांश प्राप्त गर्न सक्नेछन् ।

सानिमा माई हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ०.५२६३ प्रतिशत नगर गरी कूल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे थियाे । उक्त प्रस्तावित लाभांश कार्तिक ११ गते, बिहीबार सेलिब्रेसन हाईट सुकेधारा चाेक, काठमाडाैँमा सम्पन्न भएकाे कम्पनीकाे दशाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज १८ गते बुकक्लोज गरेको थियाे । त्यसैले, असोज १७ गतेसम्म नेप्सेमा काराेबार भइ कायम भएका शेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।