May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

गत साता करिब साढे ५ प्रतिशत घटेको नेप्से हेर्नुहोस यस साता के होला र के यो साता किनबेच गर्नु उचित हो त ?

बिज संजाल संवाददाता
२०७८ मंसिर १९

गत साता नेप्से परिसूचक करिब साढे ५ प्रतिशत घटेको छ। अघिल्लो साता २७३१.७८ विन्दुमा बन्द भएको नेप्से, गत साता ५.३३ प्रतिशत अर्थात १४५.५९ अंक घटेर २५८६.१९ विन्दुमा बन्द भएको छ। नेप्से उकालो लागेमा २८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा २४०० विन्दुमा टेवा पाउने विश्लेषक हरु बताउछन् ।

गत साता सा बजारमा खरिदकर्ताहरुमाथि बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ र ५ दिन इएमए २० दिने इएमएभन्दा तल रहेको छगत साता नेप्सेको आरएसआई ३४.१६ स्केलमा पुगेको छ। यसले बजारमा खरिदकर्ताभन्दा बिक्रीकर्ता बलियो रहेको संकेत गर्दछ।
गत साता नेप्सेसँगै भोल्यूम पनि घटेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। नेप्सेको २० दिने औषत भोल्यूम ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ। नेप्सेको २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम २०.६७ प्रतिशत कम हो।