May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस बुद्धभूमि हाइड्रोपावर को कारोबार कहिले बाट हुन्छ र दोस्रो बजारमा कहिले बाट आउछ

upcomings-ipo-nepal
बिज संजाल संवाददाता
२०७८ मंसिर १६

बुद्धभूमि हाइड्रोपावर कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम ८४.०५ रुपैयाँदेखि अधिकतम २५२.१५ रुपैयाँको रेञ्ज पाउने जनाएको छ । पहिलो कारोबारको लागि कम्पनीले किताबी मूल्यदेखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्। कम्पनीको आर्थिक वर्ष ७६/७७ को वास्तविक नेट्वर्थ ८४.०५ रुपैयाँ छ।

नियमअनुसार पहिलो कारोबार हुनुभन्दा अगाडि स्पेसल प्री ओपनिङ सेसनमा सो रेञ्जभित्र कारोबार हुनुपर्छ। त्यसपछि मात्र कम्पनीको नियमित समयमा सेयर कारोबार सुरु हुन्छ।
कम्पनीको आईपीओ बाँडफाँटमा ७४ हजार ४ सय जनाले १०/१० कित्ताका दरले सेयर प्राप्त गरेका छन्।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्काशनमा गरेको थियो।

यसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। अर्को १६ हजार कित्ता कर्मचारीलाई दिएको थियो। बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सर्वसाधारणले पाएका थिए।

कम्पनीले विकास गरिरहेको आयोजनाको जडित क्षमता ४.९९ मेगावाट छन्। यसको प्रति मेगावाट लागत २३ करोड ८० लाख रुपैयाँ छ।