May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

आज सामान्य अंकले बढ्यो सेयर बजार, नेप्से सूचक सकारात्मक हेर्नुहोस अब के कारोबार गर्नको लागि उचित हो

बिज संजाल संवाददाता
२०७८ मंसिर १५

सेयर बजार आज केहि झिनो अंकले बढेको छ । बुधबार नेप्से सूचक ५.२८ अंकले बढेर २६३३.६५ विन्दुमा आइपुगेको छ । कारोबार रकम भने घटेको छ । यस दिन २ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ

अहिले को बजार हेर्दा ‘पर्ख र हेर’ को अवस्थामा रहेको भन्दै कतिपयले खरिदबिक्री गरेका छैनन् । यसले कारोबार रकम कम गराएको हो । तथापि, यतिबेला सेयर भाउहरु निकै सस्तो भइसकेको अवस्था छ । सस्तो मूल्यमा सेयर किनेर तत्कालै लाभांशसमेत हात पार्न सकिने अवस्था छ । यसकारण यतिबेला सेयर खरिद गर्दा घाटाभन्दा लाभको सम्भावना अधिक हुन सक्ने विश्लेषणहरु पनि भइरहेका छन् ।

अधिकांश कम्पनीहरुको पीई रेसियो निरन्तर घटिरहेको छ । यसले बजारमा सेयर भाउ सस्तो भइरहेको देखाउँछ । यद्दपि, खरिदबिक्री सम्बन्धी निर्णय लगानीकर्ताले आफ्नै स्वविवेकमा गर्नुपर्छ । मंसिरको मध्यतिर आइसकेको अवस्था छ । अब सरकारी खर्च बढ्न थाल्ने अनुमान गर्न सकिन्छ । त्यस्तै, स्थानीय निकायको निर्वाचन मिति पनि नजिक आइसकेको छ ।