May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आरएमडिसीले २५ प्रतिशत लाभांश वितरण गर्ने

rmdc-bonus-share
Biz Sanjal
२०७८ मंसिर १५

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

संस्थाको आज मंसिर १५ गते, बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
c

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ३ करोड ४२ लाख २१ हजार ९३९ रुपैयाँ रहेको छ। २० प्रतिशत बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पूँजी १ अर्ब २४ करोड १० लाख ६६ हजार ३२६ रुपैयाँ पुग्नेछ।