May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

नेप्सेको ओरालो लाग्ने क्रम जारी , आज साढे २१ अङ्कले घट्यो,हेर्नुहोस कुन कुन कम्पनी कति घटबढ भए

nepse-index-down
बिज संजाल संवाददाता
२०७८ मंसिर १३

शेयर बजार परिसूचक नेप्से आज साेमवार पनि ओरालो लागेको छ । हिजो ८० अङ्कले घटेको नेप्से आज २१ दशमलव ५१ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ९७ विन्दुमा झरेको छ ।

आज जलविद्युत् र म्युचल फन्डबाहेक अरू सबै समूहको शेयरघटेको छ । आज विकास बैंक, उत्पादन, बीमा र अन्य समूहको शेयर उच्च अङ्कले घटेको छ ।

आज दुई सय २८ कम्पनीका ८२ लाख २५ हजार कित्ता शेयर चार अर्ब ८९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको ६१ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

आज आईसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले तथा चन्द्रागिरि हिल्स र महालक्ष्मी विकास बैंकको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको छ ।