May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

कोभिडको नयाँ भेरियन्ट को जोखिम रोकथामका लागि सीएमसीसीको बैठक बस्दै

बिज संजाल संवाददाता
२०७८ मंसिर १२

दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को जोखिम बढेपछि सरकारले चासो देखाउन थालेको छ। नयाँ भेरियन्टको रोकथाम लागि पूर्वतयारी गर्न कोभिड संकट व्यवस्थापन समन्वय समिति (सीएमसीसी) को बैठक बस्दैछ। बैठकमा नयाँ भेरिन्यट संक्रमण हुनबाट कसरी सतर्कता अपनाउनेबारे छलफल हुने बताइएको छ।

बाहिर देशहरुमा नयाँ भेरियन्टको पहिचान तथा रोकथाम लागि सीमा नाकामा कडाइ तथा अन्तर्राष्ट्रिय उडानबारे छलफल हुने सीएमसीसी स्रोतले बतायो। दक्षिण अफ्रिकामा देखिएको नयाँ भेरियन्ट नेपालमा आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले दक्षिण अफ्रिका हुँदै आउनेलाई अनिवार्य रुपमा क्वारेन्टिन बस्न भनिसकेको छ ।