May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

मौद्रिक नीति समीक्षा सकियो हेर्नुहोस अब सेयर बजार कतातिर जाला र किनबेच को लागि कति उचित होला

बिज संजाल संवाददाता
२०७८ मंसिर १२

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले सेयर बजारलाई नकारात्मक असर पर्ने जस्तो भने देखिदैन । केन्द्रीय बैंकले समीक्षामार्फत तरलता सहज बनाउन केही लचकता अपनाएको छ । अहिले बजारमा मुख्य समस्या तरलताकै रहेको छ । यसलाई समाधान गर्न राष्ट्र बैंकले आगामी दिनमा थप पोलिसि ल्याउने संकेत गरेको छ । जुन बजारका लागि फाइदाकारी हुने देखिन्छ ।
गत साता लाइ हेर्दा बजार मा खासै उतारचढाव आएको भने थिएन।तरलता सहज भएमा सेयर बजारका लागि आगामी दिन राम्रै हुने अनुमान गर्न सकिन्छ । यस साता भने नेप्से सूचक १.३५% ले घटेर २७३१.७८ विन्दुमा पुगेको छ । बिहीबार ३.७९ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ भने बजार पुँजीकरण ३८ खर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ ।