May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

मौद्रिक नीतिको समिक्षा : ४/१२ को नीतिमा भएन हेरफेर,हेर्नुहोस अब बजार मा के फरक पर्ला

बिज संजाल संवाददाता
२०७८ मंसिर १०

नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज शुक्रबार मंसिर १० गते सार्वजनिक गरेको छ । मौद्रिक नीतिको समिक्षाले ४/१२ को नीतिमा भने कुनै हेरफेर गरेकाे छैन ।

पाल राष्ट्र बैंकको मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जामा कडाइ गर्‍यो। एउटा बैंकबाट ४ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने व्यवस्था गर्‍यो। ४ करोड बढी लिन चाहनेले अरू दुईवटा बैंकबाट ४/४ करोड गरी १२ करोड सेयर कर्जा लिन पाउने व्यवस्था मौद्रिक नीतिमा राखियो। एउटै बैंकबाट जति पनि सेयर कर्जा लिन पाइने व्यवस्थाले ठूला लगानीकर्तालाई मात्र फाइदा पुगेको राष्ट्र बैंकको बुझाइ छ। मौद्रिक नीतिमा गरिएको कडाइले सेयर बजारमा प्रत्यक्ष प्रभाव पर्‍यो। लगानीकर्ताले आन्दोलनसमेत गरे। राष्ट्र बैंक र सरकारमाथि नीति परिवर्तन गर्न दबाब बढाए।

सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा र सीडी रेसियाे सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूकाे आश थियाे । तर राष्ट्र बैंकले यसको प्रक्रिया अगाडी सारेन।