May 12, 2024, Sunday
२०८१ बैशाख ३१
Nepal 1:37:26 pm
Trending

सेयर बजारमा यो साता के–के भयो ,हेर्नुहोस अब को हप्ता के होला र मौद्रिक नीति को निर्णय कता पुग्यो

बिज संजाल संवाददाता
२०७८ मंसिर १०

यो साता सेयर बजारमा खासै ठूलो उतारचढाव भएन। बजारमा सामान्य अंकको मात्रै घटबढ भयो।यो हप्ता बजार ३ दिन घट्यो भने २ दिन बढ्यो। यो साताभरि बजारमा लगभग ३८ अंकले गिरावट आएको छ। अघिल्लो साता २७६९ विन्दुमा बन्द भएको बजार यो साता २७३१ विन्दुमा बन्द भएको छ।
यो साता अगिलो साता भन्दा केहि कारोबार रकम पनि कम भयो। यस साता कुल २० अर्ब २० करोड रुपैयाँबराबरको कारोबार भएको छ। अघिल्लो साता झन्डै २८ अर्ब रुपैयाँ कारोबार भएको थियो।
नेपाल राष्ट्र बैंकले यही साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी रहेको जनाएको छ । केन्द्रीय बैंकका प्रवक्ता देवकुमार ढकालले यसै साता मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्ने तयारी भइरहेको र अब छिट्टै नै हुने बताए । उनले भने, ‘यसै साता मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने गरी केन्द्रीय बैंकले तयारी गरेको छ ।

केन्द्रीय बैंकले प्रतिस्थापन विधयेकमार्फत संशोधित बजेट आउनु अगाडि नै चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेकाले यो त्रैमासिक समीक्षामा परिर्वतन हुने धेरैको बिश्वाश रहेको छ । मौद्रिक नीतिमार्फत कर्जा–पुँजी–निक्षेप अनुपात (सीसीडी रेसियो) ८५% लाई खारेज गर्दै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९०% कायम गरिएको छ ।