May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

शेयर बजार सामान्य अंकले बढ्यो, हेर्नुहोस कति कारोबार भयो र अब बजार कतातिर जाला

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ मंसिर ८

शेयर बजार परिसूचक नेप्से आज बुधवार सामान्य अंकले बढेको छ । नेप्से आज एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९३ विन्दुमा पुगेको छ ।आज बैंकिङ, व्यापार र जीवन बीमा समूहबाहेक अरू सबै समूहको शेयर बढेको छ । होटल समूहको शेयर दुई अङ्कले, विकास बैंक समूहको ४२ दशमलव ८१, जलविद्युतको २३, फाइनान्सको ३५, उत्पादनको २७, अन्यको साढे पाँच र माइक्रोफाइनान्स समूहको शेयर साढे तीन अङ्कले बढेको छ ।

आज दुई सय २७ कम्पनीका ७४ लाख ४५ हजार कित्ता शेयर चार अर्ब २१ करोड ७४ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै नेपाल टेलिकमकाे २६ कराेड रुपैयाँ बराबरकाे शेयर काराेबार भएकाे छ । आज मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर सबैभन्दा धेरै साढे नौ प्रतिशतले बढेको छ । गाेर्खाज फाइनान्सको शेयर भने साढे दुई प्रतिशतले घटेको छ ।