May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

न्यादी हाइड्रोपावरको शेयर नेप्सेमा सूचीकृत भयो हेर्नुहोस कतिबाट हुन्छ कारोबार

बिज संजाल संवाददाता
२०७८ मंसिर ८

न्यादी हाइड्रोपावरको १ करोड ५० लाख कित्ता शेयर नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको छ। सर्वसाधारणमा जारी गरेको आइपीओ समेत गरी कम्पनीको शेयर नेप्सेमा सूचीकृत भएको नेप्सले जनाएको छ ।
कम्पनीले सर्बसाधारणमा २५ लाख ५० हजार कित्ता शेयर बिक्री गरेको थियो भने स्थानीय वासिन्दाको लागि १५ लाख र संस्थापक शेयर १ करोड ९ लाख ५० हजार कित्ता शेयर सुचिकृत भएको जानकारी दिएको छ।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले सुरुको शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ।