May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

नेप्सेले लय समात्न खोज्दै , हेर्नुहोस खरिद बिक्री रकम कति छ र अब नेप्से कतातिर जाला

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ मंसिर ७

नेप्सेले लय समात्न खोज्दै सेयर बजारमा सोमबार केहि बढेको छ तर बजार केहि बढे पनि खरिदबिक्री रकम भने घटेको छ ।सोमबार नेप्से सूचक ७.९० अंकले बढेर २७६५.४३ विन्दुमा आइपुगेको छ । ३ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

समग्रमा बजार माथितिरै जाने प्रयास गरिरहेको देखिन्छ । यद्दपि, तेज गति भने अझै समाइसकेको छैन । यतिबेला सेयर बजार मौद्रिक नीति समीक्षाको पर्खाईमा देखिएको छ । तरलता सहज हुने कुनै टुल्स आउन सक्यो भने त्यसले सेयर बजारको अग्रगामी गति तय गराउनेछ ।

बजार बढ्ने निश्चित देखिएपछि लगानीकर्ता किन्न खोज्छन। बैंकमा तरलता टाइट अनि सोही कारण ब्याजदरमा वृद्धि गरिंदा पनि खरिदबिक्री रकममा संकुचन आएको हो । अहिले सेयर बजारको मुख्य सिजन चलिरहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । नाफा औसतमा बढेको देखिएको छ ।

कम्पनीहरुको लाभांश को लागि साधारण सभा पनि गरिरहेका छन् । अब धमाधम लगानीकर्ताको खातामा लाभांश जम्मा हुन थाल्नेछ । यी परिदृश्यहरुका कारण सेयर बजार क्रमशः सकारात्मक बन्दै जाने विश्लेषण गर्न सकिन्छ ।