May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आईपिओ नतिजा हेर्न अब पहिलाको जसरि समय नलाग्ने सिडीएसलाई उपलब्ध गर्नेबितिकै हुने

upcomings-ipo-nepal
बिज संजाल संवाददाता
२०७८ मंसिर ६

अब आईपिओ नतिजा हेर्न अब पहिलाको जसरि समय नलाग्ने भएको छ। सिडीएस एण्ड क्लियारिङ सिडीएससीले आईपिओको नतिजा प्रकाशन गर्ने वेबसाइटलाई अप्टिमाइज गरेको जानकारी दिएको छ।

सिडीएसले २ वटा आईपिओमा मध्य भोट भोटेकोशी जलविद्युत कम्पनी र सामलिङ पावर लिमिटेडको आईपिओमा सफल परिक्षण समेत गरिसकेको छ । अन्य आईपिओ नतिजाको तुलनामा यी २ कम्पनीको आईपिओ नतिजा लगानीकर्ताले छिटो हेर्न पाएको सिडीएसले जनाएको छ ।

सिडीएसका अनुसार अब बाँडफांड हुने आईपिओको नतिजा पनि बिक्रि प्रबन्धकले आईपिओ बाँडफांडको विवरण सिडीएसलाई उपलब्ध गराएको ५ देखि १० मिनेटभित्र लगानीकर्ताले आईपिओको नतिजा हेर्न सक्ने छन् । यस अघि भने सिडीएसले डाटा पाएको २ देखि ३ घण्टापछि मात्र लगानीकर्ताले आईपिओको नतिजा हेर्न पाउने गरेका थिए ।

मेरोशेयरमा नतिजा आउँन भने समय लाग्ने सिडीएसले जनाएको छ । आईपिओ परे नपरेको विवरण आईपिओ बाँडफांड गरिसकेपछि मेरोशेयरमा रहेको एप्लिकेसन रिपोर्टमा गएर हेर्न सकिन्छ । तर त्यसमा नतिजा अपडेट हुन भने धेरै नै समय लाग्ने गरेको छ । यो सिस्टम नै छुट्टै भएकोले https://iporesult.cdsc.com.np/ मा जस्तै छिटो नतिजा दिन तत्काल नसकिने सिडीएसले जनाएको छ ।