May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

माइक्रोफाइनान्सहरुले लाभांश घोषणा गरे , सबैभन्दा धेरै दिने र कम दिने कुन कुन , कुनको कति ?

बिज संजाल संवाददाता
२०७८ मंसिर ६

नेप्सेमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् ।गत वर्षको नाफाबाट नेप्सेमा सूचीकृत ३० वटा माइक्रोफाइनान्स कम्पनीहरूले औसतमा २४.३२ प्रतिशत लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गर्ने माइक्रोफाइनान्समध्ये महिला लघुवित्तले सबैभन्दा धेरै ५० प्रतिशत लाभांश घोषणा गरेको छ भने एनआइसी एशिया लघुवित्तले सबैभन्दा कम ५.४१ प्रतिशत घोषणा गरेको छ ।

हालसम्म लाभांश घोषणा गरेका ३० लघुवित्तहरूमध्ये १४ वटाले २५ प्रतिशतभन्दा बढी घोषणा गरेका छन् भने १६ वटाले औसतभन्दा कम अर्थात् २४.३२ प्रतिशतभन्दा कम घोषणा गरेका छन् ।