May 23, 2024, Thursday
२०८१ जेष्ठ १०
Nepal 1:37:26 pm
Trending

प्रिमियर इन्स्योरेन्सले लाभांश घाेषणा गर्याे

बिज संजाल संवाददाता
२०७८ मंसिर ५

प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश घोषणा गरेको जानकारी दिएको छ ।

कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले चुक्तापुँजीको कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। जसमा ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरको बोनस सेयर र ७.५ प्रतिशतले हुन आउने ८ करोड ५ लाख ९२ हजार रुपैयाँबराबरकै नगद लाभांश दिने घोसणा गरेको छ ।