May 17, 2024, Friday
२०८१ जेष्ठ ४
Nepal 1:37:26 pm
Trending

गत साता बढेको नेप्से,हेर्नुहोस अब यो साता के होला के होला र किनबेच गर्नु कतिको उचित

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ मंसिर ५

गत साता सुरुमा नेप्से ले केहि लय समातेर बढेको थियो तर बिहिबार भने नेप्से केहि घटेको थियो। समग्रमा गत हप्ता नेप्से ३ प्रतिशत बढेको छ। अघिल्लो साता २६९०.२९ विन्दुमा बन्द भएको नेप्से, गत साता २.९३ प्रतिशत अर्थात ७८.८४ अंक बढेर २७६९.१३ विन्दुमा पुगेको छ।

यो साता भने नेप्से बढ्ने सम्भावना रहेको विश्लेषक हरु को भनाइ रहेको छ। यससँगै यस साता नेप्से परिसूचक उकालो लागेमा ३००० विन्दुमा प्रतिरोधको सामना गर्नेछ। त्यसैगरी, नेप्से ओरालो लागेमा २६०० विन्दुमा टेवा पाउने जनाउछन ।

गत साता नेप्सेसँगै किनबेच राजम पनि बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा ५ अर्ब ६० करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। यससँगै नेप्सेको २० दिने औषत मूल्य ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।