May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

२ वाणिज्य बैंक सहित ३ कम्पनीको सेयर लिलामी खुला, हर्नुहोस कतिमा

बिज संजाल संवाददाता
२०७८ मंसिर ३

प्रुडेन्सियल क्यापटिल म्यानेजमेन्ट कम्पनीले आज (मंसिर ३ गते) देखि आफ्नो स्वामित्वमा रहेको २ वाणिज्य बैंक सहित ३ कम्पनीको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको जानकारी दिएको छ ।

कम्पनीले प्राइम बैंकको ६६ हजार ६७५, प्रभु बैंकको ५० हजार र नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता सेयर लिलामीमा ल्याएको हो । जसमा लगानीकर्ताले प्राइम बैंकको सेयरमा न्यूनतम २२५ रुपैयाँ, प्रभु बैंकको सेयरमा २०५ रुपैयाँ र नेपाल ग्रामीण विकास लघुवित्तको सेयरमा ३५० रुपैयाँ न्यूनतम रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा बोलपत्र मंसिर १० गतेसम्म पेश गर्न सकिनेछ । सबै कम्पनीको सेयरमा न्यूनतम २ हजार कित्ता वा अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । लिलामीको बोलपत्र बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, बबरमहल काठमाडौंमा बुझाउन सकिनेछ ।