May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

५८० वर्षकै सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै

बिज संजाल संवाददाता
२०७८ मंसिर ३

आज ५८० वर्षमा पहिलो पटक खण्डग्रास चन्द्र ग्रहण लाग्दैछ । यो चन्द्र ग्रहण ३ घण्टा २८ मिनेट २४ सेकेन्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्चबिन्दुमा पुग्नेछ । चन्द्र ग्रहण दिउँसो १ बजेर ३ मिनेटदेखि सुरु भएर बेलुका ४ बजेर ३२ मिनेटसम्म रहनेछ । खगोलविद्का अनुसार पृथ्वीबाट चन्द्रमाको अधिक दूरी भएका कारण चन्द्र ग्रहणको अवधि लामो भएको हो । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्र ग्रहण लागेको थियो ।