May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

NIFRA ले शेयरधनीलाई बोनस शेयर दिने हेर्नुहोस कहिले र कति

बिज संजाल संवाददाता
२०७८ मंसिर ३

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)ले शेयरधनीलाई बोनस शेयर दिने प्रक्रिया आगि बढेको जनाएको छ ।निफ्राले सेयरधनीहरुलाई ८.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ८ प्रतिशत र ०.५० प्रतिशत करसहित नगद लाभांश दिने प्रस्ताव गरेको कम्पनीले जनाएको छ । बोनस शेयर दिने बिषयमा छलफल गर्नको लागि कामपानीले मंसिर २९ गतेको लागि साधारणसभा बोलाएको छ । उक्त सभाको लागि मंसिर ९ गतेको लागि एक दिन बुक क्लोज गर्ने भएको छ । मंसिर ८ गतेसम्म कायम रहेको सेयरधनीहरुले निफ्राले तोकेको लाभांश पाउने छन् ।निफ्राको मंगलबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते अनुपम फुडल्याण्ड एण्ड ब्याङक्वटमा गर्ने भएको छ ।