May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आजदेखि लागु हुने गरि कम भयो विद्युत महशुल दर, हेर्नुहोस कतिको दरले

बिज संजाल संवाददाता
२०७८ मंसिर १

आज मङ्सिर १ गतेदेखि लागु हुने गरि नयाँ विद्युत महसुल दर लागु भएको छ ।आजदेखि महसुलमा औसतमा २.८४% ले घटाएको छ । सिङ्गल फेजबाट मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ५ एम्पियर को रु.१०० , १५ एम्पियरको रु. १२५ र ३० एम्पियरको १५० कायम गरेको छ ।
विपन्न नागरिकलाई लक्षित गरी ५ एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताको हकमा इनर्जी शुल्क नलाग्ने र न्यूनतम शुल्क रू. ३०१- मात्र लाग्ने गरी निर्णय आयोगले गरेको छ। यसै गरी, सिङ्गल फेजबाट आपूर्ति लिई मासिक १५१ देखि २५० युनिटसम्म खपत गर्ने ग्राहक वर्गको उपभोक्ताको इनर्जी शुल्कको हकमा साबिकको दरमा प्रति युनिट ५० पैसा घटाई प्रति युनिट रु. १.५० कायम गरिएको छ।