May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच छलफल हेर्नुहोस के के भयो छलफलमा

बिज संजाल संवाददाता
२०७८ कार्तिक २९

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच छलफल भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव देखिएको तथा मौद्रिक नीतिको समीक्षा गर्ने समय नजिकै आइरहेको बेला अर्थमन्त्री शर्मा र राष्ट्र बैंकका गभर्नर अधिकारीबीच छलफल भएको हो। यसअघि अर्थमन्त्री शर्माले क वर्गका वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत र प्रतिनिधिलाई बोलाएर तरलताको समस्या समाधान गर्ने विषयमा छलफल गरेका थिए । केन्द्रीय बैंकले चालु आवको मौद्रिक नीतिको आगामी मङ्सिरको पहिलो साता समीक्षा गर्ने तयारी गरेको छ ।