May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

आगिल्लो हप्ता करेक्सन आएको बजार अब कतातिर जाला ,हेर्नुहोस यो हप्ता किन्न कतिको उचित

बिज संजाल संवाददाता
२०७८ कार्तिक २९

बुधबार र बिहिबार दोहोरो अंकले घटेको सेयर बजार मंगलबार भने केहि सम्हालिने प्रयास गर्यो । पछिल्लो करेक्सनपछि बजारले फेरि विस्तारै सकारात्मक लय समाउने संकेत गरेको हो । आइतबार नेप्से सूचक १.३८ अंकले घटेर २६८८.९२ विन्दुमा अडिएको छ ।यसलाई हेर्दा लगानीकर्ताहरु विस्तारै आकर्षित हुँदै गैरहेका छन्। सआधारमा अल्पकालीन तथा दीर्घकालीन दुवैथरिका लगानीकर्ताहरु विस्तारै आकर्षित हुँदै जाने विश्वास गर्न सकिन्छ । आइतबार बजार खुल्ने बित्तिकै बजार दोहोरो अंकले घटे पनि त्यसपछि विस्तारै सम्हालिने पहल गरेको छ । त्यसयता नेप्सेको घटाइ साँघुरिंदै गयो । बजार बन्द हुँदा झिनो अंकले मात्र रातो भएको छ ।