May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

के तपाइलाई आईपीओ परेको छैन हेर्नुहोस अब तपाइलाई पर्ने सम्भाबना भएका कुन कुन आईपीओ कहिले र कति आउछन्

upcomings-ipo-nepal
बिज संजाल संवाददाता
२०७८ कार्तिक २५

केहि समय अगाडी बोर्डका अध्यक्ष को कारण भएको बिबादले गर्दा भीष्म ढुङ्गानाको बर्खास्ती भयो। बर्खास्ती पछि बोर्डले नया अध्यक्ष
नियुक्त नगरेको कारणले आईपीओ निष्कासन प्रकिया रोकिएको छ । अब निस्कासन गर्न पाउनेबित्तिकै केहि कम्पनी को आईपीओ निस्काशन को लागि कुरिरहेका छन्।

हेर्नुहोस अब निस्काशन हुन लागेका कम्पनीहरु


१)उपकार लघुवित्त वित्तीय संस्था : उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशन गर्ने जानकारी दिएको छ ।कम्पनी ले निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट क्यापिटल लाई जिम्मा दिसकेको छ । कम्पनीले २ करोड ६६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार २५० कित्ता शेयर निष्काशन गर्ने पनि जानकारी दिएको छ ।


२)रिलायवल लाइफ इन्स्योरेन्स: रिलायवल लाइफ इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने जानकारी दिएको छ । कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक सिभिल मार्केट क्यापिटल लाइ जिम्मा दिसकेको छ। कम्पनीले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको तयारी थालेको छ ।


३)राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था : राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ।कम्पनीले बिक्री प्रबन्धकको जिम्मा एनआईबिएल एस क्यापिटललाई दिसकेको छ। कम्पनीले ८ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने जनाएको छ ।


४)मोलुङ हाइड्रोपावर कम्पनी : मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ।कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक को जिम्मा सनराइज क्यापिटललाई दिसकेको छ। कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्ने पनि जनाएको छ ।


५)सयपत्री हाइड्रोपावर लिमिटेड : सयपत्री हाइड्रोपावर लिमिटेडले साधारण शेयर निष्काशन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड लाई जिम्मा दिसकेको छ ।कम्पनीले आयोजना प्रभावित स्थानीयबासिन्दा र सर्वसाधारणलाई गरी ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।


६)इमर्जिंग नेपाल लिमीटड : इमर्जिंग नेपाल लिमीटडले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने जानकारी दिएको छ। इमर्जिंग नेपाल लिमीटडले ५ करोड बराबरको ५ लाख कित्ता आइपीओ जारी गर्ने जानकारी दिएको छ कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एशिया क्यापिटल लिमीटेडले गर्नेछ ।


७)जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था : जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ।संस्थाले आईपीओ निष्काशनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।कम्पनीले ५ लाख २२ हजार कित्ता सर्वसाधारणलाई साधारण सेयर निष्कासन गर्न लागेको हो।


८)मन्दाकिनी हाइड्रोपावर लिमिटेड : मन्दाकिनी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ जारी गर्ने भएको छ।कम्पनीले १७ करोड ६४लाख ११ हजार बराबरको १७ लाख ६४ हजार १ सय १० कित्ता आईपीओ बिक्रि गर्न लागेको छ।


९)थ्री स्टार हाइड्रोपावर : थ्री स्टार हाइड्रोपावरले पनि आइपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीले बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटललाइ दिएको छ कम्पनीले सर्वसाधारणको लागि १२ लाख ३१ हजार २५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो ।


१०)नेष्डो लघुवित्त वित्तीय संस्था : नेष्डो लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोवल आइएमई क्यापिटल रहेको छ। कम्पनीले ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशन गर्ने जनाएको छ।