May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस मध्य भाेटेकाेशीकाे आईपीओ ओपनिङ्ग रेञ्ज कति

ipo-results
बिज संजाल संवाददाता
२०७८ कार्तिक २२

गोलाप्रथामार्फत ८ लाख १९ हजार जना सर्वसाधारणलाई १० कित्ताका दरले बाँडफाँट भएको आईपीओ मा कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकामा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । आवेदन दिएका २२ लाख ९४ हजार ४९६ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९४ रूपैयाँ ३९ पैसादेखि अधिकतम २ सय ८३ रुपैयाँ १७ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गर्ने भएको छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडकाे आर्थिक वर्ष २०७६/७७ को प्रतिसेयर नेटवर्थ ९४ रूपैयाँ ३९ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ८३ रुपैयाँ १७ पैसा हुन्छ ।