May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

सामलिङ पावरको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

ipo-result-terhathum
Biz Sanjal
२०७८ कार्तिक १६

सामलिङ पावर कम्पनीको आइपीओ मंगलबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ६७ हजार ८९० जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । यसमा कुल २१ लाख ९८ हजार ७६४ जनाले आवेदन दिएकामा ९ हजार ९८६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका योग्य २१ लाख ८८ हजार ७७८ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

सामलिङले कात्तिक ४ गतेदेखि ८ गतेसम्म कुल ७ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये २% अर्थात् १४ हजार ६ सय कित्ता कर्मचारी र ५% म्युचुअल फन्डका लागि छुट्याएर बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता सर्वसाधरणलाई बिक्री गरिएको थियो।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

आइपीओ को नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।