May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

सेयर बजारका लगानीकर्ताले लगानी गर्दा के के कुरामा ध्यान दिनुपर्छ हेर्नुहोस ध्यान दिनुपर्ने कुराहरु

Economic crisis - Financial and business background
बिज संजाल संवाददाता
२०७८ कार्तिक १५

एको हप्ता हल्का बढेको बजारले लगानीकर्ता मा आशा जगाएको । गएको ३ महिनाको समयमा झन्डै ७ सय घटेको बजार गएको हप्ता बाट भने केहि झिनो अंकले बढेको छ । खरिदबिक्री रकम पनि क्रमशः बढ्दोक्रममा देखिएको छ । बजार वृद्धि हुन थालेपछि सर्वसाधारण लगानीकर्ताको पनि बजारमा लगानी गर्नको लागि सकारात्मक बन्दै गएका छन् तर केहि समय आगि सम्म सेयर बजारमा उतारचढावहरु आइरहेको थियो ।

बजार वृद्धिकै क्रममा रहेको, सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको अनि लाभांश र कम्पनीहरुको प्रथम त्रैमासिक रिपोर्ट आउनेक्रम समेत सुरु भएकाले नेप्सेको औसत यात्राा माथितिरै हुने विश्लेषणहरु भइरहेका छन् ।बजार तत्काल माथिसम्म पुग्न नसके पनि अब घट्ने सम्भावना भने नरहेको विश्लेषकहरुको दाबी रहेको छ। उनीहरुको अनुसार बिस्तारै बजार पहिलेको बिन्दुमा पुग्ने छ।

लगानी अध्यन गरेर गर्दा सेयर बजारबाट फाइदा लिन सकिन्छ। तर रिसर्च र धैर्यता भने लगानी गर्दा अपनाउनुपर्ने हुन्छ। हेर्नुहोस लगानीकर्ताले लगानी गर्दा के के कुरामा ध्यान दिनुपर्ने कुराहरु
१) कुनै कम्पनी मा लगानी गर्दा कम्पनी को बारेमा जानुपर्ने हुन्छ।
२ )सल्लाह अरुको लिगे पनि निर्णय आफुले लिनुपर्छ।
३)आफुले लगानी गरेको कम्पनीको निरन्तर अध्यन गर्नुपर्छ।
४)बचतमा रहेको पैसा मात्र लगानी गर्नुपर्।
५)आफुले बुजेको कम्पनी मा लगानी गर्दा राम्रो हुन्छ।
६)आफुले कुनै बिन्दु रोजेर उक्त बिन्दुमा पुगेपछि लोभ नगरी बेच्नु उचित हुन्छ।
७) पोर्टफोलियोलाई निरन्तर अनुगमन गर्ने गर्नुपर्छ।