May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

अबको बजार सकारात्मक दिशामा जाने संकेत ,हेर्नुहोस के भन्छ्न विश्लेषकहरु

बिज संजाल संवाददाता
२०७८ कार्तिक १४

गएको हप्ता हल्का बढेको बजारले लगानीकर्ता मा आशा जगाएको । गएको ३ महिनाको समयमा झन्डै ७ सय घटेको बजार गएको हप्ता बाट भने केहि झिनो अंकले बढेको छ । खरिदबिक्री रकम पनि क्रमशः बढ्दोक्रममा देखिएको छ । बजार वृद्धि हुन थालेपछि सर्वसाधारण लगानीकर्ताको पनि बजारमा लगानी गर्नको लागि सकारात्मक बन्दै गएका छन् तर केहि समय आगि सम्म सेयर बजारमा उतारचढावहरु आइरहेको थियो । बजार वृद्धिकै क्रममा रहेको, सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान पनि सकारात्मक बनेको अनि लाभांश र कम्पनीहरुको प्रथम त्रैमासिक रिपोर्ट आउनेक्रम समेत सुरु भएकाले नेप्सेको औसत यात्राा माथितिरै हुने विश्लेषणहरु भइरहेका छन् ।

बजार तत्काल माथिसम्म पुग्न नसके पनि अब घट्ने सम्भावना भने नरहेको विश्लेषकहरुको दाबी रहेको छ। उनीहरुको अनुसार बिस्तारै बजार पहिलेको बिन्दुमा पुग्ने छ।