May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

हेर्नुहोस चन्द्रागिरीको अहिलेको आर्थिक अवस्था कस्तो छ

बिज संजाल संवाददाता
२०७८ कार्तिक १२

चन्द्रागिरी हिल्स लिमिटेड (CGH) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले प्रकाशित गरेको विवरण अनुसार कम्पनी नोक्सानी गत आर्थिक वर्षको तुलनामा घटेको छ।चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा कम्पनी ३ करोड ८७ लाख २१ हजार रुपैयाँ नोक्सानमा छ । तथापि, एक वर्षको अवधिमा कम्पनीको नोक्सानमा भने केही कमी आएको छ । यसअवधिमा नोक्सानी ४ करोड ८४ लाख रुपैयाँले घटेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी ८ करोड ७१ लाख ५९ हजार रुपैयाँ नोक्सानमा रहेको थियो । विश्वव्यपि फैलिएको कोरोनाको असर कम हुदा केही व्यवसायमा सुधार आए पनि हालसम्म असर कायम नै भएकाले नाफा प्रभावित भएको कम्पनीले जनाएको छ ।