May 24, 2024, Friday
२०८१ जेष्ठ ११
Nepal 1:37:26 pm
Trending

मध्य भोटेकोशीको आइपीओ बाँडफाँट, रिजल्ट यसरी हेर्नुहोस्

ipo-allotment
बिज संजाल संवाददाता
२०७८ कार्तिक १२

मध्य भोटेकोशीको आइपीओ आज शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ८ लाख १९ हजार जना सर्वसाधारणलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको छ । यसमा कुल २३ लाख ९० हजार २१८ जनाले आवेदन दिएकामा ९५ हजार ७२२ जनाको आवेदन रद्द भएको थियो । आवेदन दिएका २२ लाख ९४ हजार ४९६ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो ।

कम्पनीले असोज २० गतेबाट २५ गतेसम्म कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

आइपीओ को नतिजा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट र र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।