May 25, 2024, Saturday
२०८१ जेष्ठ १२
Nepal 1:37:26 pm
Trending

गणपति लघुवित्तले गर्यो बोनस दिने घोषणा, हेर्नुहोस कति र कहिले

बिज संजाल संवाददाता
२०७८ कार्तिक ११

गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको जनाएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश दिने निर्णय भएको जनाएको छ । उक्त बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने कम्पनीले जनाएको छ ।कम्पनीले ले कायम रहेको १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष गणपतिले १५% बोनस सेयर कर तिर्न ०.७९% दिएको थियो ।