May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बुद्धभूमि नेपालको आईपीओ बाँडफाँड, रिजल्ट यसरी हेर्नुहोस्

ipo-results
बिज संजाल संवाददाता
२०७८ आश्विन २२

बुद्धभूमि नेपालको आईपीओ बाँडफाँड आज बिहिबार निष्कासन तथा बिक्री प्रबन्धक एसिभिल क्यापिटल मार्केटको कार्यलयमा सम्पन्न भएको छ। आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको निष्कासन तथा बिक्री प्रबन्धक एसिभिल क्यापिटल मार्केटले जनएको हो ।
कुल ८ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल निष्कासन गरिएको कित्तामध्ये ५ प्रतिशतले हुने ४० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिको तथा ६ प्रतिशतले हुने १६ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए।

क्यापिटलका अनुसार कुल २० लाख ३० हजार ९५५ आवेदकबाट २ करोड ४४ लाख ३७० कित्ता सेयर माग भएको थियो। जसमा २० लाख १४ हजार ९२२ आवेदकबाट परेको २ करोड ४२ लाख १ हजार ९३० कित्ता सदर भएको थियो भने १६ हजार ३३ आवेदकबाट परेको १ लाख ९८ हजार ४४० कित्ता बदर भएको छ।
गोलाप्रथाबाट ७४ हजार ४०० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्। सदर आवेदकमध्ये १९ लाख ४० हजार ५२२ को हात खालि भएको छ।

नतिजा हेर्न यहाँ CLICK गर्नुहोस।

आइपीओ को नतिजा बिक्री प्रबन्धक एसिभिल क्यापिटल मार्केटको वेबसाइट र र मेरोसेयर एकाउन्टबाट हेर्न सकिनेछ । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

शेयर बजारको सम्पूर्ण जानकारीको लागि हाम्रो फेसबुक पेज www.facebook.com/bizsanjal मा फलो गर्नुहोला