May 22, 2024, Wednesday
२०८१ जेष्ठ ९
Nepal 1:37:26 pm
Trending

तेह्रथुम पावरको आइपीओ बाँडफाँट हुने दिन तय हेर्नुहोस कहिले र तपाइले पाउने सम्भावना कति

बिज संजाल संवाददाता
२०७८ आश्विन २०

बिक्री प्रबन्धक एसिभिल क्यापिटल मार्केटले दिएको जानकारी अनुसार तेह्रथुम पावर कम्पनीको आइपीओ आउने शुक्रबार बिहान १० बजे बाँडफाँट हुनेछ । क्यापिटलका अनुसार बुधबार (अशोज २० गते) प्रि–अलोटमेन्ट हुनेछ भने शुक्रबार बाँडफाँट गर्ने तयारी भएको छ ।आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ तेस्सैले आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउन भने भाग्यमै पर पर्नुपर्नेछ । ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यस मध्ये ५% अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २% अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधारणले पाउनेछन्।