May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

आजबाट मध्य भोटेकोशीको आइपीओ खुला ,हेर्नुहोस सर्वसाधारणलको लागि कति र कति कित्ता आबेदन दिनु ऊचित

jeevan-bikash-laghubitta-ipo-open
बिज संजाल संवाददाता
२०७८ आश्विन २०

मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आज बुधबार असोज २० गते बाट निस्काशन भएको छ। कम्पनीले कुल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको जानकारी दियको छ । जसको ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामूहिक लगानी कोष र ४% अथवा ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।ऊक्त आइपीओमा छिटोमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ भने सो अवधिमा सबै सेयर बिक्री नभएमा भने कात्तिक ३ गतेसम्म खुला रहनेछ । यसमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसरि हेर्दा ऊक्त आइपीओमा माग भन्दा बढीको आवेदन पर्ने छ र यस आईपिओ पनि गोलाप्रथाबाट नै बाँडफांड हुने देखिन्छ । यस हिसाबमा गोलाप्रथाबाट ८ लाख १९ हजार जना आवेदकले १० कित्ताको दरले यो आईपिओ पाउने छन् । तेसैले १० कित्ताको लागि आबेदन दिनु उचित देखिन्छ