May 19, 2024, Sunday
२०८१ जेष्ठ ६
Nepal 1:37:26 pm
Trending

बुद्धभुमि नेपालको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, हेर्नुहोस हिजो सम्म कति जनाको आबेदन परेको छ र तपाईले पाऊने सम्भावना कति

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ आश्विन १४

बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले असोज ११ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (असोज १४ गते) अन्तिम दिन हो ।कम्पनीले ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो। कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। कुल शेयरमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी ७ लाख ४४ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

कम्पनी ले दिएको जानकारी आनुसार बुधबार बेलुका ५ बजेसम्ममा कम्पनीको आइपीओमा १५ लाख ९० हजार ४१८ जना आवेदकले २ करोड ३ लाख ७ हजार २२० कित्ता शेयर खरिदको लागि आवेदन दिएका छन्। यो कम्पनीले बिक्रीमा ल्याएको आइपीओको १५.७६ गुणा धेरै हो। सो शेयरमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।