May 29, 2024, Wednesday
२०८१ जेष्ठ १६
Nepal 1:37:26 pm
Trending

दशैं अगाडी मध्य भोटेकोशी जलविद्युतको आइपीओ खुला हुने दिन तोकियो , हेर्नुहोस कति र कहिले

manushi-laghubitta-ipo
बिज संजाल संवाददाता
२०७८ आश्विन १३

मध्य भोटेकोशी जलविद्युत कम्पनीले आफ्नो आइपीओ सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने मिति कम्पनीले तोकेको छ । कम्पनीले जनाएको आनुसार असोज २० गतेदेखि निष्काशन हुनेछ। कम्पनीले ९० करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने छ । यो मध्ये ५% अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४% अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त सेयरमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।